महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपाका० कार्यकर्ताले बेदकोट नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरि रहेका सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

रास्वपाका नेता तेज बहादुर ठगुल्लाको नेतृत्वमा बेदकोटका विभिन्न नदी खोलाबाट रोयल्टी नतिरी नदीजन्य पदार्थ ओसारपसार गरि रहेका सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।नगरपालिकालाई पटक पटक सचेत गराउँदा पनि चासो नदेखाएपछि आफूहरुले रोयल्टी नतिरी ग्राभेल बोक्दै गरेका दुई टिप्पर नियन्त्रणमा लिएको ठकुल्लाले बताए ।

उनका अनुसार सुपप्र ०२–००१ख९५८ र से १ क २६८ नम्बरको ट्रिपर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइर्एकोे हो ।
बेदकोट नगरपालिकाका जनप्रतिधि र कर्मचारीको मिलेमतामा अवैध ओसारपसार भएको आरोप ठगुन्नाले लगाएका छन् ।बेदकोट नगरपालिकाले पटक पटक खोलेका ठेक्का टेण्डर नपर्दा अमानतमा नदीजन्य पदार्थको संकलन, बिक्री वितरण र ओसारपसार गर्दै आएको हो । नगरपालिकाले तीन पटकसम्म नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आव्हान गरेको थियो ।
