Wednesday, July 24, 2024

वडा कार्यालयमा बैंकसित गरिएको सम्झौताको निर्णय गायब

प्रकाशित:

महेन्द्रनगर । कर्मचारी र भूमाफियाको मिलेमतोमा आफ्नो जग्गा बैंक पुगाएर लिलाम गर्न लागिएको भन्दै धर्ना बसेका भीमदत्त नगरपालिका १८ श्रीकृष्ण टोलका थम बहादुर कामीका परिवार र कुमारी बैंकबीच भएको सम्झौताको निर्णय गायव भएको छ ।

गत फागुनमा भीमदत्त नगरपालिका १८ को वडा कार्यालयमा बैंक र पीडित परिवार सहितको उपस्थितिमा लिलाम प्रक्रिया स्थगित गरी कामी परिवारलाई जग्गा दिने सम्झौता भएको थियो । वडा अध्यक्ष सहितको भएको छलफलमा बैंकले लिलाम प्रक्रिया रोक्ने, कामी परिवारले तत्काल १० लाख रुपैँया बैंकमा जम्मा गर्नुृ पर्ने र त्यसपछि जग्गा उनको नाममा नामसारी गर्न सहमत भएको थियो ।

त्यसपछि वडा कार्यालयको विविध शीर्षक अन्र्तगतको माइन्युट पुस्तिकामा छलफलका सहभागीहरुको नाम र निर्णय लेखिएको थियो । माइन्युट पुस्तिकाबाट त्यही निर्णय सहितको पाना च्यातेर गायव पारिएको छ । सोमबार वडा कार्यालयले कार्यालयका सबै माइन्युट पुस्तिकामा खोज्दा निर्णय भेटाउन सकेन । त्यसपछि वडा कार्यालय पाना च्यातेर लगेको हुन सक्ने निष्र्कषमा पुगेको छ । वडा कार्यालयले छलफलका दिन पाना च्यातिएको हुन सक्ने आशंका गरेको छ ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष देवकोटाले बैंक र पीडित परिवार सहित सरोकारवाला सहितको उपस्थितिमा छलफल गरिएको बताए । ‘त्यो अनौपचारिक सम्झौता भएको हो, निर्णय भएको होइन, तर छलफलमा सहभागी सबैको नाम भने निर्णय पुस्तिकामा लेखिएको थियो’ उनले भने । वडा कार्यालयको विविध शीर्षक अन्र्तगतको माइन्युट पुस्तिकामा छलफलका सहभागीहरुको नाम लेखिएको पाना गायव पारिएका छन् । छलफलका क्रममा सहभागीहरुले पाना च्यातेर लगेको हुन सक्ने आशंका गरिएको छ ।

वडा सचिव दिनेशराज भट्टले छलफलमा दिन भीडभाड भएको र त्यसै क्रममा पाना च्यातिएको हुन सक्ने बताए । ‘त्यो दिन भीड थियो, सहभागीका नाम लेखेर रजिष्ट्रर यही थियो, त्यही बेला कसैले पाना निकालेको हुन सक्छ’ उनले भने । वडा कार्यालयले बैंक र बैकसित सम्बन्धित व्यक्तिले छलफलका सहभागीको उपस्थिति लेखिएको पाना च्यातेको हुन सक्ने आशंका गरेको छ । छलफलमा बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र महेन्द्रनगर शाखाका कर्मचारी सहभागी भएका थिए ।

बैंकले सम्झौता विपरित लिलाम प्रक्रिया अघि बढाएपछि कामीकी धर्मपत्नि राधादेबी र छोरा प्रकाश तीन दिनदेखि बैंकमा धर्ना बसेका छन् । उनीहरुले मंगलबार पनि बैंकमा धर्ना जारी राखेका छन् । कामी परिवारले बैंकसित सम्झौता अनुसार १० लाख रुपैँया जम्मा गरि सकेका छन् । सम्झौता विपरित बैंक लिलाम प्रक्रिया अघि बढाएपछि कामी परिवार बैंकमा तीन दिनदेखि धर्ना बसेका हुन् । उनीहरु अनिश्चितकालिन धर्ना बस्ने बताएका छन् ।

कामी परिवारले २०२४ देखि भोगचलन गर्दै आएको पूर्जावाला तीन कट्टा ११ धुर जग्गा महेन्द्रनगर बजारका लक्ष्मण विष्टले ८ लाख दृष्टि बन्धकीमा राखेर आफ्नो नाममा गिरी बेचबिखन गरेका थिए । विष्टबाट चन्द्र गिरीले १८ लाखमा किनेर कुमारी बैंक९तत्कालिन एनसीसी ० को अत्तरिया शाखाबाट धितो राखेर ४५ लाख ऋण लिएका थिए । बैंक लिलामका लागि जग्गा हेर्न पुगेपछि मात्रै कामी परिवारले आफ्नो जग्गा बैंक पुगेको जानकारी पाएका थिए ।

८ लाख दृष्टि बन्धकमा जग्गा राख्ने विष्टले २०७२ मा जिल्ला प्रहरी कार्यालयमा जग्गा फिर्ता गर्ने कागत बनाएका छन् । त्यसपछि उनले गिरीलाई १८ लाखमा जग्गा बेचेर आफ्नो सावा ब्याज अशुली गरेका छन् । जग्गाधनी कामीको पाँच वर्ष अघि जग्गा तनावले मृत्यु भएको थियो । मर्न अघि कामीले घर परिवारलाई आफूलाई विष्टले झुक्याएर जग्गा नामसारी गरेको बताएका थिए । उनले जग्गा जसरी पनि फिर्ता हुने परिवारलाई बताएका थिए ।

गिरीले जग्गा धितो राखेर ऋण दिँदा बैंकमा कर्मचारी जग्गा हेर्न नआएको पीडित परिवारले बताए । ‘म खेतमा घाँस काट्दै थिए, त्यही बेला यो जग्गा गिरीजीको हो, लिलाम भयो भन्दै बैकबाट आए, मेरो त होसहवास नै उड्यो’ प्रकाशकी आमा राधादेबीले भनिन् ।

बैंक कर्मचारीलाई त्यस अघिसम्म नदेखेको राधादेबीले बताइन् । आफ्नो जग्गा फिर्ता नभएसम्म लडाई लड्ने मनस्थितिमा राधादेबी छन् । उनका छिमेकीले पनि कामी परिवारको जग्गा लाई जालसाची गरी बैंकमा पुगाएको बताए ।
वडा कार्यालयमा सम्झौतापछि कामी परिवार रकम जम्मा गर्न लागे पनि बैंक त्यस विपरित स्थानीय प्रशासन र स्थानीय सरकारसम्म पुगेर लिलाम प्रक्रिया अघि बढाउन खोजेको थियो ।

जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकामा यसबारे छलफल भएको थियो । प्रशासन कार्यालयले छलफल गरी स्थानीय सरकारको क्षेत्रमा पर्ने भन्दै भीमदत्त नगरपालिका पठाएको थियो । भीमदत्त नगरपालिका मेयर पदम बोगटीको उपस्थितिमा बैंक कर्मचारी सहित छलफल गरिएको थियो । त्यस क्रममा पीडित परिवारले आफ्नो जग्गा जालसाची गरी बैंक पुगाएकोले फिर्ता गर्न पर्ने माग राखेका थिए । छलफलमा मेयर बोगटीले कामी परिवारलाई अन्याय गर्न नहुने बताएका थिए ।

बैंकका शाखा प्रबन्धक खडक सिह मडैले दुई पक्षबीच सहमति हुन नसकेपछि बैंकले कानुनी प्रक्रिया अनुसार जग्गा नामसारी प्रक्रिया अघि बढाएको बताए । ‘वहाँहरुको सहमति भएन, सिडिओ कार्यालयमा पनि बसियो, मेयर सापसित पनि बसियो, सहमति भएन, त्यसपछि बंैकले कानुनी प्रक्रिया जाने कुरा भन्यो, अहिले त्यसै अनुसार अघि बढेका छौ’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार