सुदूरपश्चिम दक्षिण कोरिया समाजले भुवा पर्व मनाउँदै

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम दक्षिण कोरिया समाजले सुप प्रदेशको डोटीमा भुवा पर्व मनाउने भएको छ । सुदूरपश्चिम दक्षिण कोरिया समाजले डोटीमा भुवा पर्व तथा साँस्कृतिक पर्व मनाउने भएको हो ।

विगत १७ बर्ष लामो इतिहास बोकेको सुदूरपश्चिम समाज दक्षिण कोरियाुले यस वर्ष पनि कोरियामा भव्यताका साथ भुवा तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने गर्न लागेको प्रचारप्रसार प्रमुख भोज बहादुर चन्दले बताए । कोरियाली पर्व छुसकको अवसर पारी सुदूरपश्चिम नेपालको ऐतिहासिक तथा मौलिक कला साँस्कृति बोकेको भुँवा तथा साँस्कृतिक कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारिक आइतबारका दिन आयोजना गर्न लागेको हो ।

उनका अनुसार संस्था विभिन्न तवरले मानव सेवा, सहयोग र संस्कृतिको उत्थानको निमित्त विभिन्न कार्य सक्रियताका साथ गर्दै बताए । यसै कार्यलाई निरन्तरता दिदै यसपटक भने सो कार्यक्रम सम्पन्न गर्नका लागि सांस्कृतिक कार्यक्रम मूल व्यवस्थापन समिति संयोजक ९ ईश्वर धामी र सांस्कृतिक कार्यक्रम संयोजक – नरेश रावल रहने छन् ।

वर्ष अलि व्यवस्थित कार्यक्रम गरि सुदुरपश्चिमको मौलिक साँस्कृतिकलाई विदेशमा झल्काउने योजना छ र सुदुरपश्चिमकै कलाकारलाई स्थान दिने छौं । आफ्नो मौलिक साँस्कृतिको प्रचारप्रसार र सांस्कृतिलाई जिवित राख्न योगदान पुग्ने महसुस गरेको उनले बताएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार