भीमदत्त नगरपालिकाद्वारा गैरसरकारी संघसंस्थासंग छलफल

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरु संग छलफल गरेको छ । सोमवार भीमदत्त नगरपालिकाको वैठक कक्षमा जिल्लामा सक्रिय रुपमा काम गरिरहेका संस्थाहरुका प्रतिनिधीहरुसंग आगामी दिनका योजनाहरु र अहिले चलिरहेका योजनाहरुको विषयमा छलफल भएको हो ।

पालिकाले आफनो निती तथा कार्यक्रममा भएका योजनाहरु र संघसंस्थाहरुले गर्दै आएका कार्यक्रमहरु र आगामी दिनमा गर्न बाँकी रहेका योजनाहरुमा एकरुपता ल्याउन र मिल्ने कार्यक्रमसंग सहकार्य गरेर अगाढी बढने विषयमा छलफल भएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदम राज अवश्थीले बताउनु भयो ।

भीमदत्त नगरपालिकाका निमित्त नगर प्रमुख निलम लेखकले संघसंस्थहरुले आफनो योजना सहित ल्याएर आफनो कार्यक्रमहरु दिएको खण्डमा पालिकाले साझेदारी गरेर बजेट विनियोजन गरेर सहकार्य गर्न सकिने बताउनु भयो ।

आउँदो बजेट र योजना तर्जुमाको समयमा दुवैले मिलेर योजनाहरुमा काम गर्ने र जनताहरुलाई उहाँहरुको माग अनुरुप गुणस्तरिय काम गरेर देखाउने बताउनु भयो । अबका दिनमा प्रत्येक छ महिनामा गैरसरकारी संघसंस्था र पालिकाले वैठक गरी दुवै पक्षका योजनाहरुमा छलफल गर्ने र काम गर्दा सहज होस भनेर पनि आजको कार्यक्रम गरिएको कार्यवाहक नगर प्रमुख निलम लेखकले बताउनु भयो ।

सहभागी जनाउँनु भएका संघसंस्थाहरुले संचालनमा रहेका र आगमी दिनमा सम्पन्न गर्ने आफनो कार्यक्रमहरु योजनाहरुको बारेमा प्रस्तत गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार