महेन्द्रनगर । टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहितका आठ जना विरुदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
आयोगले गैरकानुनी लाभ तथा हानी पुगाई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइलीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीसँगै नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको छ।
मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइली र नायब सुब्बा अग्नि बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्वेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशीलबहादुर रावल र बिमलबहादुर रावल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० तथा दफा २२ को प्रतिबन्धात्मक व्यवस्था बमोजिम उनीहरू विरुद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ। कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं। ९०८ को क्षेत्रफल १५–०–० ज।बि। ९बिगाहा० जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिएको अख्तियारको दाबी छ।