Saturday, July 13, 2024

असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी न्यायिक समितिका पदाधिकारीलाई अन्तरक्रिया कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा रहेका न्यायिक समितिहरुमा अहिले पनि विभिन्न समस्या र चुनौती रहेको पाईएको छ । आईतवार जिल्ला समन्वयको हलमा राष्ट्रिय महिला आयोगको आयोजनामा गरिएको स्थानिय तहका न्यायिक समितिका पदाधिकारी र सरोकारवाला निकाय विच लैङिगक हिँसा निवारण असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अहिले पनि न्यायिक समिती संचालनमा विभिन्न चुनौती र समस्याहरु रहेको सहभागीहरुले बताउनु भएको छ ।

उक्त कार्यक्रम सम्बेधन गर्दै वेदकोट नगरपालिकाका उपप्रमुख एवम न्यायिक समिति संयोजक तुलसी जोशीले समस्या र चुनौतीका वावजुत पनि धेरै राम्रो असल अभ्यासहरु भएको बताउनु भयो । न्यायीक सम्पादन गर्नका लागी के काम हरु गर्ने रु कसरी अगाढी बढने रु भन्ने विषयमा कार्य योजना बनाएर अगाढी बढेको बताउनु भयो ।

साथै उहाँले अहिले पनि पालिकामा न्याय सम्पादन गर्दा भौतिक संरचनाको अभाव रहेको, कानुन अधिकृतको अभावमा पनि काम गर्दा निकै चुनौती र समस्या हुने गरेको बताउनु भयो । विवादलाइ सुमधुर सम्बन्धमा परिणत गर्नका लागी पोख्त अनुभवी मेलमिलापकर्ताको आवस्यक रहेको हुँदा बजेटको अभावले तालिमहरु को आयोजना गर्न र क्षमता विकासका क्षेत्रमा पनि काम गर्न समस्या रहेको बताउनु भयो ।

साथै प्रत्येक पालिकामा मेलमिलाप कक्षको व्यवस्थापन हुनु पर्ने जस्ले गर्दा पिडामा रहेकाहरुले सबैको सामुमा आफनो पिडा खोल्न नसक्ने भन्न नसक्ने अवस्थामा मेलमिलाप कक्षमा शान्त वातावरणमा आफनो समस्या पिडा राख्न सक्ने हुने भएकाले मेलमिलाप कक्षको व्यवस्थापन हुनसके सेवादिन पनि सहज हुने भएकोले उक्त विषयमा पनि काम हुन जरुरी रहेको बताउनु भयो ।

साथै कार्यपालिकाको जस्तै छुटै न्यायपालिकाको व्यवस्था र कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सक्ने खण्डमा अदालतमा हुने भिड पनि कम हुने र सबैको न्यायमा छिटो छरितो सस्तो भरपर्दो पहुँचको वृद्धी बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष एवम महिला आयोगका सदस्य विद्या सिन्हाले समुदायमा अहिले पनि कुरुती कुसंस्कार द्यिमान रहेको अवस्थामा उक्त विषयबाट बढी महिलाहरु हिंसामा पर्ने विभेदमा पर्ने र न्यायमा पहुँच नहुने भएपछि न्यायपालिकाले के कसरी कार्य गरिरहेको छ ।

समस्या चुनौती के रहेका छन् रु भनेर अनुभव आदानप्रदान गरी आएका समस्याहरु समाधान कसरी गर्न सकिन्छ भनेर नै यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै न्यायिक समितिको काम कर्तव्य निर्वाह गर्दा समस्या समाधन गर्नका लागी र उहाँहरुको अनुभव कस्तो रहेको छ र हामीले उक्त समस्या र चुनौतीलाइ कम गर्नका लागी कस्तो भुमिका मा रहनु पर्दछ रु भनेर जानकारी दिन र लिन का लागी यो कार्यक्रम गरिएको बताउनु भयो । साथै महिला आयोगले आगामी दिनहरुमा के कस्तो योजना बनाएर कार्यक्रमहरु गर्दैछ त रु भनेर जानकारी दिन पनि यो अन्तरक्रियाको आयोजना गरिएको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार