गिट्टी कुटेरै घर खर्च धान्नदै आइरहेकी थुरा

प्रकाशित:

महेन्द्रनगर । अछाम जिल्लाको रामारोसन गाउँपालिका-५ का थुरा रोकाया र धिर्घ रोकाया गिट्टी कुटेरै आफ्नो घर खर्च धान्नदै आइरहेका छन् ।

रामारोसन गाउँपालिका-५ का थुरा रोकाया र धिर्घ रोकाया विगत ७ वर्षदेखि नै दिनभर गिट्टी कुटेरै दुबै श्रिमान श्रीमतीले आफ्नो जीविकापार्जन गरिरहेका छन् । ७ वर्ष पहिले उक्त क्षेत्रका स्थानीयहरु खेतिपाति गर्ने, गाई, भैसीँ, बाख्रा पालन गरेर आफ्नो दिनचार्य बिताउने गर्ने गर्दथे भने, सरकारले रामारोसन गाउँपालिका-५ लाई पर्यटकीय क्षेत्र घोषणा गरे देखि उक्त क्षेत्रका बासिन्दाहरुले त्यो कामलाई छोडेर होमस्टे, स-साना खाजा, नास्ताका पसलहरु सञ्चानल गरेर बसिरहेका छन् ।

थुरा रोकायाले भनिन्, ‘सरकारले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नु भन्दा पूर्व उक्त क्षेत्रका स्थानीयहरुले कृषी गरेर नै आईरहेका थिए । सरकारले यहाँका सबै मानिसहरुलाई उठाए देखि सबै स्थानीयहरुले कृषी पेसालाई त्यागेर पर्यटकहरुका लागि होमस्टे सञ्चान गरेर बसिरहेका रोकायाले बताइन् ।’

त्यसैगरी रोकायाले एक बोरा गिट्टी कुटेवाफत ५ सय रुपैँया मात्र दिने गरेको बताउँछिन । उनका श्रिमान धिर्घ रोकायाले आफूले दिनभरी ढुङ्गा बोकेर ल्याउने र आफुले बोकेका ढुङ्गा श्रीमतीले कुट्ने गरेको बताउँछन । उनले भने,’उक्त क्षेत्रबाट सरकारले हटाउँदा समेत कुनैपनि स्थानीयहरुलाई सरकारले आर्थिक सहयोग नगरेको उनले बताए ।’

रोकायाका अनुसार आफ्नै जमिनको मासिक २ हजार रुपैँया सरकारलाई राजस्व तिर्ने गरेका छन् । त्यसैगरी श्रिमान श्रीमतीले आफ्नो पुर्खाहरु देखि नै गिट्टी कुटेर आएका थिए भने, अहिले आफुले समेत त्यहीँ काम नै गर्नु परेको बताउँछन । रामारोसन गाउँपालिका-५ लाई पर्यटकीय क्षेत्र घोषणा गरेदेखि उक्त ठाउँमा हजारौँको सख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु घुम्न आइरहेका हुन्छन ।

ताजा समाचार

सम्बन्धित समाचार