बेदकोटका खोलानालामा अवैध उत्खनन्, राजश्व चुहावटमा कर्मचारीकै संलग्नता

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने बछेला खोला, मुसेपानी र बगुन खोलामा नदीजन्य पदार्थ बालुवा, गिट्टी, रं ढुङगाको अवैध उत्खनन् एवं बिक्रिवितरण भएको पाईएको छ ।

जिल्लाको बेदकोट–३ र ४ मा पर्ने बछेला खोला, मुसेपानी र बगुन खोलामा नगरपालिकाले रोयल्टी संकलनको लागि  ज्यालादारीमा खटाईएका कर्मचारीहरु र व्यावसायीहरुको सेटिङमै नदीजन्य पदार्थ बालुवा, गिट्टीको अवैध उत्खनन् एवं निकासी, पैठारी भएको स्रोतले बताएको छ।

बेदकोट नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा नदीजन्य पदार्थको रोयल्टीका लागि ठेक्का टेन्डरको आवहान गरेको भएपनि ठेक्का लाग्न सकेको थिएन । ठेक्का नलागेपछि नगरपालिकाले कर्मचारी खटाएर बछेला खोला, मुसेपानी र बगुन खोलाबाट अमानतमा रोयल्टी उठाउँदै आएको छ ।

बेदकोट नगरपालिकाको राजश्व संकलनको मुख्य स्रोतको रुपमा रहेको उक्त खोलाहरु बाट संकलन हुँने रोयल्टीमै चुहावट तथा चोरी निकासी भइरहेको छ । उक्त खोलाहरुमा नदीजन्य पदार्थ बालुवा, गिट्टी खुलेयाम दादागिरी शैलिमा चोरी निकासी भइरहेको स्थानीयहरु समेत बताउछन् ।

अबैध उत्खनन बढेपछि स्थानीय एवं प्रतिपक्षी राजनीतिक दलका नेता कार्यकर्ताहरुले गुनासो तथा खबरदारी गर्दा पनि सरोकारवाला निकायले कुनै चाँसो नै नदिएको पाइन्छ ।अगुमन एवं नियमनका लागि सरोकारवाला निकाय बेदकोट नगरपालिकालाई ताकेता गर्दापनि चाँसो नदेखिएपछि सेटिङ रहेको भन्दै चर्को आलोचना समेत हुने गरेको पाइन्छ ।

नगरपालिकाले रोयल्टी संकलनको लागि देनिक ज्यालादारीमा एक महिला सहित आठ जना कर्मचारी दैनिक खटाएको छ पछिल्लो समय नदीजन्य पदार्थको उत्खनन्, चोरी,पैठारी निकासी बढ्न थालेपछि दैजीमा रहेको अस्थाई प्रहरी पोष्टले नदीजन्य पदार्थ अबैध रुपमा निकासी पैठारी गरी भाग्न थालेका टिप्पर र टेक्टरहरुलाई नियन्त्रणमा लिई जरिवाना तिर्न लगाएको अस्थाई प्रहरी पोष्ट दैजीका इन्चार्ज गणेश साउँदले बताए ।

बेदकोट नगरपालिका ३ का स्थानीय तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सचिव तेज बहादुर ठकुल्ला लगायतको टिमले ट्याक्टरहरुले पुरानो मितिको तिरेको रसिद देखाउँदै नदीजन्य पदार्थ उठाउने गरेको बताए । नदीजन्य पदार्थको निकासी पैठारी गर्दा पालिकाले ज्यालादारीमा राखेका कर्मचारी र व्यावसायीले रोयल्टीमा अनियमितता गरेको गुनासो बढेका छन् ।

उक्त रोयल्टी संकलनमा अनियतितता गरेको प्रमाण नगरपालिकाका जिम्मेवारीव्यक्तिहरुलाई पेश गर्दापनि कुनै अनुमगन, नियमन एवं कारबाही नगर्नुले उक्त कर्मचारीहरुको प्रत्यक्ष संलग्नतामा जिम्मेवार प्रकाशक एवं जनप्रतिनिधीहरुको पनि मिलोमतो रहेको स्थानीयको आरोप रहेको छ ।

उनका अनुसार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई समेत राजश्व छली सम्बन्धी तथा अनियमितता सम्बन्धी प्रमाण पेश गर्दा समेत कारबाहीको प्रक्रिया अगाडी नबढेको स्रोत बताउछ ।
गुनासो बढेपछि त्यहाँ खटाएका कर्मचारीहरुलाई जिम्मेवार भएर काम गर्न र कुनै त्यस्तो कैफियत देखिएमा कारबाही समेत गर्ने भनेर निर्देशन गरिसकेको नगर प्रमुख भोजराज बोहराले बताए ।

‘नगरपालिकाको मुख्य आयस्रोतको रुपमा खोला नाला हुन। खोलानाला बाट उठेको राजश्वले आगामी दिनमा नगरपालिकाको विभिन्न ठाउँमा विकास गर्ने सकिने भएकोले व्यक्तिगत रुपमा हामीहरुकै गाडी किन नहोस, राजश्व छली गर्छ भने त्यस्तालाई प्रहरीको जिम्मालगाई कडाईका साथ कारबाही गरी जरिवाना तिराइन्छ ।’ नगर प्रमुख बोहराले भने । राजश्व संकलनका लागि नगरपालिकाले खटाईएका कर्मचारीले व्यावसायीहरु संग मिलेर नदीजन्य पदार्थ चोरी, पैठारीमा सहयोग पुर्याएको प्रमाणित भए त्यस्ता कर्मचारीलाई तुरन्त कारबाही गरिने नगरप्रमुख बोहराले बताए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार