Saturday, July 27, 2024

दार्चुलाका विद्यार्थी यार्चागुम्बा टिप्न लेकतिर, विद्यालय बन्द

प्रकाशित:

लोकेन्द्र जोशी  दार्चुला ।   दार्चुला  दार्चुलाको अपि हिमाल गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी अभिभावकसँगै लेकतिर लागेका छन्। विद्यार्थी यार्चागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरेर विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताए।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्चागुम्बा सङ्कलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ। ‘यार्चागुम्बा पाइने समयमा मात्रै विद्यालय बन्द गर्ने गरी विद्यालयले आफू अनुकूल निर्णय गरेका छन् । अधिकांश विद्यालय बन्द भइसकेका छन,’ उनले भने, ‘बाँकी विद्यालय जेठ ४ सम्म बन्द गर्ने जानकारी प्राप्त भएको छ ।’

अपि हिमालका विद्यार्थी, शिक्षक र अभिभावक यो बेला यार्चागुम्बा टिप्न लेकतिर जाने भएकाले जेठ १५ सम्मका लागि विद्यालय बन्द गरिएको हो। अपि हिमालमा २४ वटा सामुदायिक विद्यालय रहेका छन्। सबै विद्यालय बन्द हुने बताइएको छ । अन्य स्थानीय तहका विद्यार्थीसमेत पढाइ छोडेर यार्चागुम्बा सङ्कलनका लागि लेकतिर जाने गरेका छन् । स्थानीय सर्वसाधारण तथा विद्यार्थी यार्चा सङ्कलन हुने पाटन उक्लिएपछि अधिकांश गाउँ सुनसान भएको स्थानीय बालकुमारी बोहोराले बताए।

अपि हिमालको लोलु, रोखापु, रिङ्देपानी, रौन्याड, सतगङ्गा, चाइमटेला, कालीढुङ्गालगायत पाटनमा यार्चागुम्बा सङ्कलन हुने गरेको छ। यार्चा टिप्न सुरु भएसँगै अपि हिमाल, ब्यास, दुहुँ, मार्मा, नौगाडलगायत क्षेत्रका बासिन्दा पाटनमा पुगेका छन्। हिमाली क्षेत्रका बासिन्दाले एक महिना सङ्कलन गरेको यार्चागुम्बा बिक्री गरेर वर्षभरिको खर्च जोहो गर्ने गरेका छन्। गाउँबाट बालबालिका र वृद्धवृद्धाबाहेक सबैले खाद्यान्न र बन्दोबस्तीका सामानसहित लेकमै बसेर यार्चा सङ्कलन गर्ने गर्छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार