Saturday, July 27, 2024

कञ्चनपुरमा प्रहरीले तीन लाख ८८ हजारमा ६ वटा जिपको लिलामविक्री गर्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले ६ वटा जिपको लिलाम विक्री गर्दैछ। प्रहरीले सूचना नै जारी गरेर विभिन्न मितिमा खरिद गरिएका विभिन्न ब्राण्डका जिपको लिलाम विक्री गर्न लागेको हो। बा १ झ ७३९७ नम्बरको २०६३ चैत १३ गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप जिपको न्युनतम मूल्य ६८ हजार राखेर लिलाम विक्री गरिन लागेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस्तै बा १ झ ७३६५ नम्बरको २०६४ चैत ९ गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप र बा १ झ ७३८१ नम्बरको २०६४ चैत ९ गते नै सुरु खरिद मिति रहेको टाटा टल्कोलाइन पिकअप जिप कञ्चनपुर प्रहरीले लिलाम विक्री गर्न लागेको हो। ती तीनवटै जिपको मोडल २००७ रहेको छ। प्रति जिप ६८ हजार गरेर तीनवटै जिपको न्युनतम लिलाम विक्री मुल्य दुई लाख चार हजार तोकिएको छ।

लिलाम विक्रीमा राखिएका तीनवटै जिप दर्ता हुने समेत प्रहरीले जनाएको छ। त्यस्तै ना १ झ ८५४ नम्बरको २०६३ फागुन ९ गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप जिप र बा १ झ ७३७७ नम्बरको २०७४ फागुन ३० गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप जिप पनि लिलाम विक्री गरिन लागेको छ। यी दुबै जिप पनि दर्ता हुने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

बा १ झ ६२५३ नम्बरको २०५९ जेठ १५ गते खरिद गरिएको माज्दा पिकअप जिप पनि लिलामी विक्रीका लागि सूचना जारी गरिएको छ। उक्त जिप भने दर्ता नहुने प्रहरीले जनाएको छ। यी तीनवटै जिपको न्युनतम मुल्य एक लाख ८४ हजार एक सय १० रुपैयाँ कायम गरिएको छ। प्रहरीले तीन लाख ८८ हजार ६ सय १० रुपैयाँ न्युनतम मूल्य राखेर ६ वटा जिपको लिलाम विक्री गर्न सूचना जारी गरेको छ। साथै यसअघि प्रहरीले मोटरसाइकल लिलाम विक्रीका लागि पनि सूचना जारी गरिसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार