Saturday, July 27, 2024

भीमदत्तका निर्वतमान मेयर बिष्ट सहित कर्मचारीहरुलाई विशेष अदालतबाट सफाइ

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र बिष्ट सहित १० जनाल सफाई पाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र बहादुर बिष्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १० जना र भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्धामा विशेष अदालतले दाबी नपुग्ने फैसला गर्दै मंगलबार सफाइ दिएको हो । कोरोना महामारीको बेला महाकाली नदीको नदीजन्य पदार्थ संकलन नभएको अवस्थामा रोयल्टी छुट दिएको अवस्थामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ गरी ३ मुद्दा दायर गरेकोमा सबै मुद्दामा सफाइ हुने फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र रितेश थापाको इजलासले मंगलबार भ्रष्टाचार मुद्दामा सफाइ हुने फैसला गरेको छ । उक्त फैसला पश्चात भीमदत्त नगरपालिकामा कार्यरत सबै कर्मचारीहरु पुनः आफ्नो जिम्मेवारीमा फर्किने छन् ।

ताजा समाचार

सम्बन्धित समाचार