Saturday, July 27, 2024

खोलानालामा मापदण्ड विपरित एकलौटी उत्खनन्ः नगरपालिका अन्जान, निर्माण व्यवसायीले गराए ध्यानाकर्षण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका निर्माण व्यवसायीहरुले सोमबार भीमदत्तनगरपालिका कार्यालयमा पुगेर खोलानालाबाट उत्खनन् हुँने नदीजन्य पदार्थमा भइरहेको बेथितीका बारेमा ध्यानाकर्षण गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्ट लगायत अन्य पदाधिकारी र निर्माण व्यवसायीहरुले सोमबार भीमदत्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम र नगर उप प्रमुख निलम लेखक जोशीलाई भेटेर भीनपा– १ को रौटेला र ३ को खन्या खोलामा नदीजन्य पदार्थ उत्खनन्मा ‘मोनोपोली’ सहित बेथिती भएको भन्दै सुधार गर्न ध्यानाकर्षण गराएको छ ।

भीनपा –१ र ३ मा रहेका उक्त दुवै खोलाहरुमा नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाउन नसकेर अमानतामा रोयल्टी संकलन गर्दै आएको छ । चालु आवमा भीमदत्तले महाकाली नदीमा मात्रै ठेक्का लगाउन सफल भएको हो भने बाँकि अन्यत्र अमानतामा रोयल्टी संकलन गर्दै आएको छ ।

भीमदत्त–१ र ३ का उक्त दुवै खोलाहरुमा मापदण्ड विपरित र एकलौटी ढंगले नदीजन्य पदार्थ उत्खनन् भइरहेको र उक्त कार्य तत्काल रोक्न निर्मा व्यवसायीहरुले नगरपालिकालाई सचेत गराएका हुन् ।

नगरपालिकाकै कर्मचारीको संलग्नतामा रोयल्टी संकलनमा राजस्वमा छलि समेत भइरहेको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष भट्टले बताए ।

‘यो मनपरी भयो, दादागिरी भयो, एक जनाले मात्रै खोला नालामा मेसिन जाने, अरुका जान नदिने, यसमा तपाईको हातबाट के हुन सक्छ हाकिम साप’ सोमबार विहान भीमदत्त नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत महेश बहादुर बमको कार्यकक्षमा कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले भने,‘वडालाई अधिकार दिएर उनीहरुकै जेसिभी मात्रै खोलामा जान पाउने, वडा नं. १ र ३ मा दादागिरी भयो, अरुलाई उठाउन नदिने ?’

निर्माण व्यवसायी दिनेश भट्टले भीमदत्त नगरपालिकाबाटै चालु आर्थिक बर्षमा योजना ठेक्का पाएपनि कच्चा पदार्थ नपाउँदा समस्या भएको बताए ।

उनले ठेक्कामा समावेस भएको स्टमेट अनुरुप रौटेला खोलाबाट ढुङ्गा, ग्राभिल हाल्नुपर्ने भएको र त्यहाँबाट ल्याउने क्रममा भीमदत्त नगरपालिका रोयल्टी संकलनकर्ताहरुले उठाउनै नदिएको बताए ।

हामीले त्यहाँबाट ग्राभिल ल्याउँन खोज्दा ल्याउन दिदैनन, ‘उनले भने, ‘रोयल्टी संकलनका लागि भीमदत्त नगरपालिबाट खटिएका कर्मचारीले आफ्ना मालिकको मात्रै सवारी साधन खोलामा जान दिन्छन, हाम्रा फकाईदिन्छन ।

’स्थानीय व्यवसायी गजेन्द्र बहादुर थापाले महाकाली नदीमा सम्झौता मापदण्ड विपरित उत्खनन्, हुँदा समेत पालिका सहितका सरोकारवाला निकाय मौन बसेको बताए ।

यहाँ सबै सेटिङ्गमा गैर कानुनी रुपमा मापदण्ड विपरित नदीखोला दोहन भईरहेका छन, ‘उनले भने, ‘महाकाली नदीबाट मात्रै सम्झौता भन्दा बढि नदीजन्य पदार्थ संकलन गरेर राजमार्ग क्षेत्रमा थुपार्ने काम भयो, अब राजस्व अनुरुप संकलन गरे नगरेको विषयमा पालिकाले अनुगमन गर्नुप¥यो ।’

निर्माण व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष दिपक भट्टले निर्माण व्यवसायीलाई जहाँबाट लिड भयो, त्यहीबाट कच्चा पदार्थको सहज आपूर्तिका लागि पालिकाले भूमिका खेल्नुपर्ने जोडदिए ।

निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन प्रशाद भट्टले रौटेला खोलामा पालिका जनप्रतिनिधीबाटै आम निर्माण व्यवसायीलाई सहजै नदीजन्य पदार्थ ल्याउन नदिने काम भईरहेको भन्दै दुख व्यक्त गरेका छन ।

यो रौटेला खोला एक व्यक्तिको होकी सबैको हो, हाम्रा निर्माण व्यवसायी साथीहरुले रोयल्टी काटेर पनि ल्याउन नपाउने अरुले सेटिङ्ग गरेर रोउल्टी नकाट्दा समेत धमाधम ल्याईरहेका छन ।

महाकाली नदीदेखि रौटेला खोलासम्म जताजतै सेटिङ्ग, बेथिति भईरहेको छ, यसरी अन्य व्यवसायीलाई रोयल्टी काटेर ग्राभिल ल्याउन देउ भन्दा पनि नदिने काम भएको भन्दै अध्यक्ष भट्टले राजनीतिक सरक्षणमा निर्माण व्यवसायीमाथि निषेध गरिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार