Saturday, July 27, 2024

बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

प्रकाशित:

महेन्द्रनगर ।बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

९ महिनादेखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकहरुले आइतबारदेखि काम रोकेका हुन् ।

उनीहरुले पाउनुपर्ने भत्ता रकम ४ दिन भित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए ।

चिकित्सकहरुले बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्तिमेटम शनिबार सकिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाई नभएको चिकित्सकहरुको आरोप छ ।

आन्दोलनरत डा. गोविन्द बोगटीले चिकित्सकहरु मात्र नभएर अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि अतिरिक्त भत्ता सुविधाबाट बञ्चित रहेको बताए ।

अस्पतालका प्रमुख डा. सुशील बि.क का अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा निकासा भएको अतिरिक्त भत्ता रकम अपुग भएकाले अस्पतालमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मीहरुले काम गरेबापतको पूरै रकम पाउन नसकेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार