Saturday, July 27, 2024

कञ्चनपुरका सीमा नाकामा निगरानी बढेपछि राजश्व संङ्कलनमा वृद्धि नौं महिनाको अवधिमा ४० करोड बढी राजश्व संकलन

प्रकाशित:

ऐश्वया कुवँर ।
महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष ०८०÷०८१ को नौं महिनाको अवधिमा ४० करोड ९ लाख रुपँैया राजश्व संकलन गरेको छ ।भन्सार कार्यालय गड्डाचौकीले आव ०८०÷०८१ मा रु ५९ करोड ६९ लाख ७ हजार बराबरको लक्ष्य राखेको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जसमध्ये नौं महिनाको अवधिमा ४० करोड ९ लाख रुपैया राजश्व अर्थात ६८ प्रतिशत राजश्व संकलन गरेको छ । आवको चैत्र महिनाको लक्ष्य ४४ करोड हुन्छ सो मध्ये कार्यलयले ४० करोड अथवा ६८ प्रतिशत प्रतिशत राजश्व संकलन गरिसकेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका कार्यालय प्रमुख राजन बाबु काफ्लेले बताए ।

गत विगतका आवमा न्युन राजश्व संकलन हुने कञ्चनपुर भन्सार कार्यालमा पछिल्लो समय आश लाग्दो राजश्व संकलन हुने गरेको काफ्लेलेको तर्क छ । अघिल्लो गत आव ०७९÷०८० मा ५८ करोड ९६ लाख ४८ हजार लक्ष राखेको कार्यालयले ४२ करोड ९ लाख ९९ हजार अथवा लक्ष्यको ७१.४० प्रतिशत राजश्व संकलन गरेको थियो । जो चालु आवको नौं महिनामा संकलन भएको हो ।

नाकामा निगरानी बढेपछि राजश्व संङ्कलनमा बृद्धि भएको कार्यालय प्रमुख काफ्लेले बताए । भन्सार छली हुने गरको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर अनुगमन हुन थालेपछि कञ्चनपुर भन्सार कार्यालय राजश्व चुहावट रोक्न सफल भएको हो ।

फलतः राजश्व बृद्धि भएको पाइन्छ । त्यस्तै पछिल्लो समय कञ्चनपुरमा प्रहरी, सशस्त्रको सक्रियता तथा कडा निगरानीले पनि अह्म भूमिका खेलेको छ । प्रहरी र सशस्त्रले भन्सार छलीका समान धमाधम पक्राउ गर्दै आएको छ । कञ्चनपुर भन्सार कार्यालय देशकै भन्सार कार्यालमध्ये १४–१५ औ नम्बरमा पर्छ । यो नाका भएर कम्बल, कपास, लत्ताकपडा, दैनिक उपभोग्य समान, बढीमात्रामा आयात हुने गरेको छ ।

धानको भुस, गलौचा, जडिबुटी लगायतका समान निर्यात हुने गरेको समेत कार्यालयले जनाएको छ । पछिल्लो केहि महिना यता बनबसा पुल कमजोर भएको कारण १० टन भन्दा माथिका मालबाहक सवारी आवागमनको अनुमति नहुँदा केहि संकुचन समेत आएको छ ।दोधारा चादनीमा बन्दै गरेको सुख्खा बन्दरगाह संचालन पश्चात महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा आएपछि सुदूरपश्चिममलाई विकास र समृद्धीसँग जोड्नुका साथै अरु देशको आर्थिक मेरुदण्डलाई टेवा पुर्याउने भन्सार जस्तै कञ्चनपुर भन्सार कार्यालयले पनि अरबौ राजश्व संकलन क्षमता राख्दछ ।

ताजा समाचार

सम्बन्धित समाचार