‘दैजी-जोगबुढा सडकखण्ड निर्माणको थप काम बहुवर्षीय ठेक्का मार्फत चाडैं सञ्चालनमा आउछ’

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्र मन्त्री एनपी साउँदले दैजी–जोगबुढा सडकखण्ड निर्माणको थप काम बहुवर्षीय ठेक्का मार्फत चाडै सञ्चालनमा ल्याउने बताएका छन् ।

बुधबार नेपाली कांग्रेसको १४ औ महाधिवेशन पश्चात कञ्चनपुर क्षेत्र नं.२ ‘ख’ आयोजित प्रथम प्रदेश सभा सम्मेलनमा बोल्दै पुर्वमन्त्री साउँदले दैजी–जोगबुढा सडकखण्ड निर्माणको थप काम बहुवर्षीय ठेक्का मार्फत चाडै संञ्चालनमा ल्याउने बताएका हुन ।

केन्द्रले चालु आव २०८०/०८१मा दैजी जोगबुढा सडकखण्ड थप निर्माणको लागि छुट्याएको रकम विभिन्न कारणले डोटी गएको पुर्वमन्त्री साउँदले बताए ।

उक्त बजेटको केहि हिस्सालाई केन्द्रले गरेको ठेकालाई समेत नतोडी बाँकि रहेको ९–१० किलोमिटर निर्माण कार्यको लागि बहुवर्षीय नयाँ ठेक्का मार्फत निर्माणकार्य अगाडी बढाउन पहल गरिरहेको मन्त्री साउँदले बताए ।

त्यस्तै सम्मेलनमा बोल्दै पुर्वमन्त्री साउँदले कञ्चनपुरमा रहेका आरक्ष पीडितको विषयमा नयाँ आयोग गठन भएसंगै पहिले र अहिलेको गरि केहि सेवासुविधा थप गर्नु पर्ने देखिएको बताए ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा देखिएको नापी सम्बन्धि समस्याको विषयमा केन्द्रमा फाईल अगाडी बढिरहेको र लगतै नयाँ समिति गठन गरी समितिले केहि दिन भित्र आवश्यक काम अगाडि बढाउने समेत पुर्वमन्त्री साउँदले बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातका प्रथम सम्मेलनहरु कञ्चनपुरमा सम्पन्न हुँदै छन् । पछिल्लो समय पुर्वमन्त्री साउँदले जिल्लामा बाक्लो उपस्थिती देखाएका छन् ।

कञ्चनपुरमा कांग्रेसले हिजो–आज नगर, प्रदेश र क्षेत्रीय सम्मेलन गर्नलागेको छ । कञ्चनपुर क्षेत्र नं. २ मा शुक्रवार कांग्रेसले प्रथम क्षेत्रीय सम्मेलन गर्नलागेको क्षेत्रीय सभापति लाल बहादुर सिंहले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार