Saturday, July 27, 2024

बाढीको उच्च जोखिममा रहेका बस्तीकालागि प्राथमिक उपचारका सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त र दोधारा चाँदनीको महाकाली नदी किनारमा रहेका बस्तीहरुका लागि प्राथमिक उपचारका लागि सामग्री वितरण गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार महाकाली नदी किनार तिरका बस्तीहरु एवं बाढीको उच्च जोखिममा रहेको भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका २५ ओटा सामुदायिक विपद् व्यवस्थापन समितिहरुलाई प्राथमिक उपचारका सामग्री सहित स्टेशनरी समेत वितरण गरिएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजना मार्फत दोधारा चाँदनी र भीमदत्तका सामुदायिक विपद् व्यवस्थापन समितिहरुलाई नियमित कार्यालय सञ्चालन तथा प्राथमिक उपचारका लागि सामग्री वितरण गरिएको सुदृढ परियोजना संयोजक राजकुमार सुनारले बताए ।

एनएनएसडब्लूएद्वारा बुधबार आयोजित उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले भीमदत्त क्षेत्रका ११ ओटा सामुदायिक विपद् व्यवस्थापन समितिहरुलाई नियमित कार्यालय सञ्चालन तथा प्राथमिक उपचारका लागि सामग्री वितरण गरेका हुन् ।

त्यस्तै बुधबार नै दोधारा चाँदनी नगर क्षेत्रका १४ ओटा समितिहरुलाई पनि उक्त सामग्री वितरण गरिएको एनएनएसडब्लूएकी सामाजिक परिचालक अनिता लावडले बताइन् ।

महाकाली नदीबाट बाढीको उच्च जोखिममा रहेका बस्तीहरुमा एनएनएसडब्लूए र डीसीए नेपालको साझेदारीमा सुदृढ परियोजना कार्यक्रम सञ्चालनमा रहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार