Saturday, July 27, 2024

दोधारा चाँदनी नगरपालिकामा नौंलो कार्यक्रमः छोरी जन्मिने बित्तिक्कै तीन हजार बैंकमा खातामा

प्रकाशित:

महेन्द्रनगर । छोरीहरुको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलन सहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउनें उद्देश्यले दोधारा चाँदनी नगरपालिकाका उपमेयर नवजात छोरी सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्ष २०८०/०८१ को योजना तथा कार्यक्रम अनुसार ‘नगर उपप्रमुख नवजात छोरीलाई स्वास्थ्य संस्थामा जन्मिने बित्तिकै ३ हजार बैंक खाता मार्फत सहयोग’ कार्यक्रम अनुसार यस वर्ष २३ जना नवजात छोरीलाई सहयोग गरिएको छ ।

नगरको स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा नगर उपमेयर गंगा देबी जोशीको विशेष योजनाका रुपमा नगर सभामा अनुमोदन भएको कार्यक्रम कार्यान्वयनमा आएको हो ।

यस आर्थिक वर्षमा जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट ३ हजार मुद्दती खातामा जम्मा गर्न सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशीले छोरीको जन्मपश्चात उनको नाममा नगरपालिकाले तिन हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउने गरी उक्त योजना अगाडी बढाएको बताए ।

छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशीले बताएका छन् । गत आर्थिक वर्ष कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम अनुसार यस वर्ष २३ जना नवजात छोरीलाई बैंक मार्फत सहयोग गरिएका उनको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार