दोधारा चाँदनी नगरपालिकामा आगामी आव ०८१/०८२ कालागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

प्रकाशित:

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

पालिकामा शुक्रबार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकमा बोल्दै नगरसभा अध्यक्ष एवं नगर प्रमुख किशोर कुमार लिम्बुले असार असार १० गते भित्र नगर सभा सम्पन्न हुने गरी विषयगत समितिहरुले काम गरिरहेको बताए ।

नगर प्रमुख लिम्बुले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

नगरसभाको अर्को बैठक सार्वजनिक सूचना मार्फत जानकारी गराई आव ०८१/०८२ को लागि बजेट पारितका लागि बस्ने जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार