महेन्द्रनगर । कञ्चनपुर स्थित महेन्द्रनगरमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भ्रष्टाचारका ८ सय भन्दा बढी मुद्दा दर्ता भएका छन्।
प्रत्येक महिनामा सय भन्दा बढी भ्रष्टाचारका मुद्दा दर्ता हुँने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।
पछिल्लो समय स्थानीय निकाय संग सम्बन्धित मुद्धाहरुमा अधिकतम उजुरी आउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख २१ गतेसम्म मात्र ५५ वटा उजुरी दर्ता भएका छन्। यस्ता उजुरी चैत महिनामा ८१ वटा दर्ता भएका थिए।
फागुन र माघ महिनामा एक सय ४२ उजुरी दर्ता भएको पाइएको छ। पौष महिनामा ५१, मंसिरमा ९० र कात्तिक महिनामा ४१ उजुरी दर्ता भएको कार्यालयको अभिलेख छ।
त्यस्तै चालु आर्थिक वर्षको असोज महिनामा ८२, भदौ महिनामा ८५ र सबैभन्दा बढी साउन महिनामा एक सय ७३ उजुरी कार्यालयमा दर्ता भएका छन्।
उजुरी गर्ने माध्यममा सबैभन्दा बढी हुलाक सेवा आउने गरेको जनाइएको छ ।