Saturday, July 27, 2024

स्थायी बसोबासका लागि भूमिहिन समुदायको माग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका सालघारी–भगतपुरमा बस्दै आएका सुकुम्बासी तथा भूमिहिन समुदायले स्थायी बसोबासको माग अघि सारेका छन । दैनिक श्रमिक गरेर गुजारा चलाउँदै आएका भीमदत्त नगरपालिका १८ सालघारी–भगतपुरमा बस्दै आएका मजदुर, श्रमिक वर्ग सुकुम्बासी तथा भूमिहिन समुदायले स्थायी बसोबासको माग अघि सारेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनीहरुले राज्यले एकातिर आफुहरुको न्यायिक तथा संविधानमै उल्लेख भएको बुँदा कार्यान्वयन नगरेर कष्टकर जीवन बिताउन बाध्य भएको र अर्कातिर बस्ती खाली गर्न भन्दै त्रसित बनाउन माईकिङ्ग गरेर श्रमिकको वर्गमाथि दमन गर्न खोजेको भन्दै आपत्ति जनाएका छन ।

सुकुम्बासी, भूमिहिनहरुले गरिखाने विपन्न गरिबमाथि सरकारले शोषण गर्न खोजेको र वास्तविक ठाँउ ठाँउमा जायजेथा जमिन भएर पनि सरकारी जमिन हडप्नेलाई संरक्षण गरेको आरोप लगाएका छन । आफुहरुको कहिकतै घर, जमिन नभएर बाध्य भएर झुपडीमा बसेर दैनिक ज्याला मजदुरी गरेर दिनचर्या चलाउँदा शासक वर्गले आफ्नो बस्तीमा गिद्दे नजर लगाएको समेत दुखेसो पोखेका छन ।

वास्तविक श्रमिक मजदुरको पक्षमा नभई सरकारले अन्र्तराष्ट्रिय श्रमिक दिवस समेत सरकारी कर्मचारीसंग मिलेर मनाउनु हास्यास्पद भएको बजेट सक्नका लागि नाटक गरेको उनीहरुको टिप्पणी छ । वास्तविक रुपमा बिहान उठेर राती नसुत्दासम्म श्रम गरेर गुजारा चलाउँदै आएका श्रमिक गरिब, विपन्न, सुकुम्बासी, भूमिहिनको हकहित भन्दा हुने खानेतर्फ नै सरकार देखिएको भन्दै उनिहरुले दुखेसो पोखेका छन ।

कसरी गरिखाने वर्गको समाजिक आर्थिक वृद्धि विकास भन्दा पनि गरिबमाथि दमन धनी माथि चाकरी गर्ने सरकारी प्रवृति हावि हुँदा सरकार पनि धनीतिरै दिवस मनाउन मार्बल बिछाएका भवनमा केन्द्रीत भएको हुँदा सरकार र सरकारमा रहेका कर्मचारी गरिब मजदुरको पक्षमा नभएको दावि गरेका छन ।

त्यसैगरी श्रमिक मजदुर नेता आनन्द सिंह धामीले वषौँदेखि बस्दै आएका सुकुमबासी, भूमिहिन, श्रमिक मजदुर वर्गको समाजिक न्यायमा जोड दिदैँ उनले सुकुम्बासीको हकहितका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । अर्का मजदुर नेता लाहानु चौधरीले मजदुर, सुकुम्बासी बस्तीमाथि कसैले कुचेष्टा गरे त्यस बिरुद्धमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

त्यसैगरी एमाले नेता समेत रहेका मजदुरका नेता महेश पन्तले समेत मजदुर वर्गमाथि गरिने जस्तोसुकै दमन अत्याचार सहन नसकिने बताए । उनले सालघारी, भगतपुर बसेका श्रमिक सुकुम्बासी मजदुरको स्थायी बसोबासको प्रबन्ध हुनुपर्नेमा जोड दिएका छन ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार