सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बेदकोटको अध्यक्ष नेपाली र सचिव धामी

प्रकाशित:

महेन्द्रनगर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बेदकोट नगरको अध्यक्षमा गणेश नेपाली चयन भएका छन । बुधबार बेदकोट नगरका सामुदायिक विद्यालय व्यवस्थापन समितिको भेलाबाट अध्यक्षमा नेपाली चयन भएका हुन ।

उपाध्यक्ष रमेश विक, सचिव दल बहादुर धामी९अबिरल०, कोषाध्यक्ष आँगन डगौरा, सदस्य राज मडै, बीरसिह ऐर, जनकराज जोशी चयन भएका छन । भने, जिल्ला प्रतिनिधीमा गणेश विक, प्रविन बोगटी, दिपेन्द्र देउवा, भरत रोकाया रहेका छन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बेदकोट नगरको नयाँ कार्य समितिलाई सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टले बधाई तथा शुभकामना व्यक्त गर्दै नगरका सामुदायिक विद्यालय सुधारका लागि आब्हान गरेका छन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बेदकोट नगरका सचिव दल बहादुर धामी९अबिरल०ले राज्यको लगानीमा संचालित विद्यालयको बृद्धि विकासका लागि पहल गरिने बताए।

ताजा समाचार

सम्बन्धित समाचार