दोधारा चाँदनीमा आगलागी पीडितका खेतमै पुगेर अनुगमन गर्दै लेखक

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनी पुगेका काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बाबाथान बजारस्थित सचिव टोलका आगलागी पीडित वासिन्दासित भेटघाट गरेका छन् ।

कञ्चनपुर क्षेत्र नं। ३ का साँसद लेखकले सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँद, काँग्रेस दोधारा चाँदनी सभापति राजेन्द्र मल्ल, दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा देबी जोशी लगायतका नेता कार्यकर्तासित लेखक आगो लागेर गहुँबाली नष्ट भएको खेतमा पुगेका छन् ।

केही दिन अघि उक्त स्थानमा बिद्युत तार एकआपसमा ठोक्किएर सल्केको आगोले १९ घरधुरी किसानहरुको झण्डै १० बिघाहमा लगाएको गहुँबाली नोक्सान भएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार