मानव बन्यजन्तुविचद्वन्द्व न्यूनिकरणका लागि निकुञ्जमा तारबार

प्रकाशित:

महेनद्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्र बेलडाँडीमा तारबार गर्न लागिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र कालिकिच उपभोक्ता समितिले बेलडाँडीमा तारबार गर्न लागेको हो ।

कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले मानव र बन्यजन्तु विचद्वन्द्व न्यूनिकरणका लागि मेसवायर गर्न लागेको बताए ।

अध्यक्ष थापाका अनुसार चालु बर्षमा काले दमाईको घरदेखि कञ्चन आधारभूत विद्यालयसम्म झण्डै ७ सय १५मिटर लामो तारबार गरिनेछ । निकुञ्जबाट बन्यजन्तु मानवबस्तीमा गएर मानव, अन्नबालीमाथि क्षति गर्ने र केही चोरीशिकारी गर्ने समुह निकुञ्ज प्रवेस गरेर सरक्षण बिरोधी गतिबिधी न्यूनिकरणका हुने सरक्षणकर्मीको भनाई छ ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार