Thursday, May 16, 2024

बेलडाँडीमा दुग्ध चिस्यान केन्द्र बन्दै, आज भवनको शिलन्यास

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुग्ध चिस्यान केन्द्र भवनको शिलन्यास गरिएको छ । बेलडाँडीका कृषकहरुलाई मध्यनजर गर्दै वडा नं.२ चवन्नी वजार पछाडी दुग्ध चिस्यान केन्द्र निर्माणका लागि आज सोमवार भवनको शिलन्यास गरिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश मालीले जानकारी दिनु भयो ।

उहाँका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा यहाँ चिस्यान केन्द्र बन्न लागेको जनाए । बेलडाँडीले अधिकत्मक दुग्ध उत्पादन गरेको दुध भण्डार गर्न सक्ने क्षमताको चिस्यान केन्द्र बन्न लागेको हो ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भवनको शिलन्यास गर्दै यहाँका दुग्ध उत्पादन गर्ने किसानलाई फाइदा हुने बताउनु भयो । उहाँका अनुसार यस केन्द्रले बेलडाँडीका अधिकांसलाई फाइदा हुने जनाए ।

सिलन्यास कार्यक्रममा सिद्धनाथ बैजनाथ सहकारीका अध्यक्ष क्षतिज भट्ट, कर्मचारी, महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रिय समितिका अध्यक्ष गोपाल कुवर, पदाधिकारी धन सिंह मडै, सिचाई अन्तर्गत ब्लक ६ का अध्यक्ष पुर्णनन्द भट्ट, जय बहादुर कँवर, उपभोक्ता समितिका पदाधिकारी लगायत स्थानीयको सहभागिता रहेको थियो । दुग्ध चिस्यान केन्द्र बन्न भएपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको ४० लाखको अहिले भवन बन्न लागेको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार