कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ७७ लाख बढीका तस्करीका समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सशस्त्र प्रहरीले साढे ७७ लाख बढीको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरीले अढाई महिनाको अवधिमा ७७ लाख ५१ हजार ३४५ रुपैँया बराबरको अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले फागुन पहिलो सातादेखि वैशाख दोस्रो साता सम्ममा भन्सार चोरीछली तस्करी गरेर नेपाल भित्र्याउन लागेका अवैध समान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणको तथ्याङ्क अनुसार फागुन महिनामा २१ लाख ३५ हजार ३८७ रुपैँयाको समान बरामद गरिएको छ भने, चैत्र महिनामा ३३ लाख ४२ हजार ६३८ र वैशाखको दोस्रो साता सम्ममा २२ लाख ७३ हजार ३२१ रुपैँया बराबरका अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ ।

सशस्त्र प्रहरी बलका एसपी खगेन्द्र बहादुर चन्दले गत फागुनदेखि जिल्ला सम्हालेपछि भन्सार राजस्व चोरी तस्करी छली बिरुद्धमा निर्मम कार्बाही चलाउँदै आएका छन । एसपी चन्दले अढाई महिना सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गण कञ्चनपुरको कमाण्डिङ्ग सम्हालेको अढाई महिनामै लाखौँ रकम राजस्व चुहावटबाट रोकेका छन । त्यसैगरी कञ्चनपुरमा सशस्त्र प्रहरीले क्रमिक रुपमा चोरी तस्करी नियन्त्रणमा बढोत्तरी भईरहेको छ ।

अढाई महिनाको अवधिमा २६ लाख ९७ हजार ११९ रुपैँया बराबरको किराना समान, १६ लाख ५२ हजार ८८० रुपैँया बराबरको कपडा, १३ लाख ३८ हजार १८२ रुपैँया बराबरको हार्डवेयर र २० लाख ६३ हजार १६५ रुपैया बराबरको अन्य व्यवसायिक समान बरामद गरेर त्रिनगर र गड्डाचौकी भन्सारमा बुझाईएको छ ।

यस्तै गरेर प्रतिबन्धित कुखुरा, अण्डा, माछा, पेय पदार्थ समेत बरामद गरेर नष्ट गरेको छ । उक्त अढाई महिनाको अवधिमा ५ लाख ५६ हजार ६९० रुपैँया बराबरको कुखुरा, २ लाख २ हजार ४ सय बराबरको माछा र पेय पदार्थ सहित अन्य समान गरेर २ लाख ९७ हजार २५ गरेर १० लाख ५६ हजार ११ रुपैँया बराबरको अवैध समान बरामद गरेर नष्ट गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणका गणपति एसपी खगेन्द्र बहादुर चन्दले सशस्त्र प्रहरीले भारतबाट नेपाल (कञ्चनपुर) मा भन्सार राजस्व चोरीछली तस्करी गरेर अवैध रुपमा भित्रिने व्यवसायिक समान नियन्त्रण गर्दै भन्सार चलान गरिएको बताए ।

सशस्त्र प्रहरीका एसपी चन्दले मातहतका बिओपी सहितका यूनिटहरुलाई चोरी तस्करी बिरुद्धमा सुन्य सहनशिलता अपनाएर काम गर्न निर्देशन समेत दिएका छन । विगतका वर्षहरुमा केही सशस्त्र प्रहरीले तस्करसंग मिलोमतो गरेर लाईन खाएर समान भित्र्याउने परम्परा एसपी चन्दले तोड्दै तस्करी बिरुद्धका गतिबिधी निरुत्साहित गरिरहेका छन ।

जिल्लाको डोके बजारदेखि खल्लामसेट्टी सम्म रहेको खुला सीमा नाकाहरुबाट हुने चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले सकृयतापुर्वक काम गर्न थालेपछि स्थानीय समेतले सशस्त्र प्रहरीको काम कार्बाही प्रति प्रसंसा गरिरहेका छन भने, तस्कर समूहको भागाभाड चलेको छ । कञ्चनपुरका सीमा क्षेत्रमा उपस्थिति रहेको सशस्त्र प्रहरीले पछिल्ला वर्षहरुमा मातृभूमिक रक्षाका साथै सीमावर्ती क्षेत्रमा हुने राजस्व चोरीछली जस्ता गैर कानुनी गतिबिधी नियन्त्रण गर्दै आइरहेको छ । सीमावर्ती क्षेत्रका स्थानीयहरुले सशस्त्र प्रहरीले व्यवसायिक ठुला तस्कर बिरुद्धमा गरिरहेको कार्बाही निरन्तरतामा जोडदिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार