बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी

प्रकाशित:

महेन्द्रनगर ।  उपचुनाव अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन्।

एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११‍ हजार ३४६ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेका छन्। सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा दुर्घटनामा परी मृत्यु भएपछि यहाँ यही वैशाख १५ गते उपनिर्वाचन भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार