Monday, May 13, 2024

कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेला गाडी पल्टिदा चालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेला गाडी पल्टिदा एक जनाको मृत्यु भएको छ । शनिवार कञ्चनपुरको पुनर्वास–१० दोदा स्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा आइसक्रिम बेच्ने ठेला गाडी पल्टिदा चालक धनगढी उपमहानगरपालिका–१५ बस्ने ३० वर्षिय नारख रानाको मृत्यु भएको हो ।

उक्त सडक खण्डमा दोदाबाट बिकाशबस्ती तर्फ जाँदै गरेको चलाएको आइसक्रिम बेच्ने ठेला गाडी आफै अनियन्त्रि भइ सडक बाट अन्दाजी ५–६ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा गम्भिर घाइते भएका चालक रानाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा शनिवार राती मृत्यू भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । उक्त घटनासम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताउछ ।

ताजा समाचार

सम्बन्धित समाचार