Wednesday, July 24, 2024

जब प्रहरीकै हातबाट हरायो पेस्तोल…

प्रकाशित:

काठमाडौं । बारामा प्रहरीको हातबाट १० राउण्ड गोली लोड भएको पेस्तोल हराएको छ । सोमबार प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘सोमबार राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’ डीएसपी न्यौपानेले भने ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएको थियो ।

सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी न्यौपानेको भनाइ छ ।

वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार