तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ, धैर्य गर्नुस्ः गृहमन्त्री रवि लामिछाने

प्रकाशित:

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै लामिछानेले विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरी सच्याउनुपर्ने बताएका छन्।

अनावश्यक बिदा, भिआइपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु, उनले बताएका छन्।

यसको परिणाम छिट्टै आउने उनले बताएका छन्। विधि नै नफेरिकन कुनै व्यक्ती, देश वा घटना हेरेर फरकफरक निर्णय गरिनु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनले जोड छ।

 ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ, उनले भनेका छन्।

कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिइएकोबारे टिप्पणी भएको थियो। यसको उनले प्रष्टीकरण दिएका हुन्। कतारका राजा दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन्।

विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौं युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कूटनीतिक सम्बन्ध स्थापित भएको मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्छु, उनले भनेका छन्, ‘लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनुपर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबैप्रति आभार!

उनले अन्त्यमा १८ औं लोकतन्त्र दिवसको शुभकामना पनि दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार