दोधारा । किसानहरुलाई पाउनु पर्ने सेवा सुबिद्या नपाएको भन्दै राष्ट्रिय युवा संघ नेपालले दोधारा चाँदनीले कृषी र पशु बिकास शाखा कार्यालयमा लगाएको तालाबन्दी सहमती पछि खुलेको छ् ।
आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा बसेको नगरपालिका कर्मचारी, जनप्रतिनिधी तथा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको बैठकको सहमती पछि ताला खोलिएको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले जानकारी दिएका छन् ।
किसानहरुलाई पाउनु पर्ने सेवा सुबिद्या नपाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले हिजो बिहान दोधारा चाँदनीले कृषी र पशु बिकास शाखा कार्यालयमा तालाबन्दी गरेका हो । ‘कृषी तथा पशु सेवा कार्यालयबाट प्रदान गरिने सेवा तथा छिटो तथा भेदभाव रहित सेवा प्रदान गर्ने, कृषी तथा पशु सेवा कार्यालयबाट प्रभावकारी सेवा प्रदान गर्न बजेट अपुग भएकोले आवश्यक बजेटको माँग सहित नगरप्रमुख समक्ष पेश गर्ने, कर्मचारीहरु सेवाग्राही संग सभ्यशिष्ट र मर्यादित भाषा प्रयोग गर्ने मुस्कान सहितको सेवा प्रवाह गर्ने, राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीद्धारा लगाईएको ताला अहिलेकै मिति देखि खोल्ने निर्णय गरियो’ दोधारा चाँदनी नगरपालिका कार्यालयमा बसेको नगरपालिका कर्मचारी, जनप्रतिनिधी तथा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको टोली गरेको सहमतीमा भनिएको छ् ।