Sunday, May 19, 2024

बेवारिसे अवस्थामा १ किलो सुन बरामद

प्रकाशित:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ ।

दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार