महेन्द्रनगर । नेपाल विद्यार्थी संघले ५५ औं स्थापना दिवस मनाएको छ । बिहिबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशभरकै ७५३ ओटै स्थानीय तहरुमा ज्ञापनपत्र बुझाँउदै ५५ औं स्थापना दिवस मनाएको हो ।

नेवि संघ कञ्चनपुुरले पनि आज ५५ औं स्थापना दिवस मनाएको हो । जिल्लाका ६ ओटा स्थानीय तहहरुको शैक्षिक अवस्था अध्ययन अनुगमन गर्न तथा आधारभुत र माद्यमिक तहसम्मको शिक्षामा देखिएका साँझा समस्या समाधान गर्न १७ बुदै माग सहित नेवि संघ कञ्चनपुरले ज्ञापनपत्र बुझाएका छन् ।

दोधारा–चाँदनी नगरपालिकामा नेवि संघ केन्द्रीय सदस्य सञ्जय अधिकारी, भीमदत्त नगरपालिकामा जिल्ला अध्यक्ष नरेश पण्डित, बेदकोट नगरपालिकामा जिल्ला सचिव शंकर ओझा, शुक्लाफाँटा नगरपालिकामा कृष्ण बैजनाथ क्याम्पसका स्ववियू सचिव करन प्रसाद भट्ट, कृष्णपुर नगरपालिकामा केन्द्रीय सदस्य टेकराज अवस्थी र लालझाँडी गाउँपालिकामा स्ववियू सभापति निरज भण्डारीले स्थानिय तहका प्रमुख एवं उपप्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको नेवि संघ कञ्चनपुरका जिल्ला उपाध्यक्ष मुकेश पाठकले बताए ।













