देउवा–माधव भेटवार्ता  सुदूरपश्चिममा सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले सघाउने !

प्रकाशित:

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो ।

साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ ।

छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो ।

‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो ।

केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ ।

सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।

एकीकृत समाजवादीले

प्रदेशका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

सोडारीका पक्षमा भने एमाले देखिएको छैन ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

ताजा समाचार

सम्बन्धित समाचार