सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा सुदूरपश्चिममा प्रभावित भएको हो।

बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन्। नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको छ। फाइबर काटिनुको कारण खुलेको छैन।

नेपाल टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको छ। तर, उनीहरू फाइबर काटिएको ठाउँ पुगेका छैनन। प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए। सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन।

 

ताजा समाचार

सम्बन्धित समाचार