बाल जागृती कलेजद्वारा सिद्धबाबा मन्दिरको दर्शन गर्न आउने तीर्थालुहरुका लागि शुद्ध पिउने पानी वितरण गरिदै

प्रकाशित:

महेन्द्रनगर । भारतको पूर्णागिरि मन्दिरको दर्शन गरेर कञ्चनपुरको सिद्धबाबा मन्दिरको दर्शन गर्न आउने तीर्थालुहरुका लागि महेन्द्रनगरको बाल जागृती कलेजले निःशुल्क शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने तीर्थालुहरुका लागि बाल जागृती कलेजको तर्फबाट शुद्ध पानी वितरण थालिएको कलेज प्रमुख खगेश्वरी बोकटीले बताइन् ।

कलेज प्रमुख बोकटीले भनिन्, ‘बाल जागृती कलेजले नवरात्रीको अवसरमा पुर्णागिरी माताको दर्शन पश्चात् सिद्वबाबाको दर्शन पछि पुर्णता मानिने अर्थात फल प्राप्ति हुने भन्ने विश्वास रहेकोमा सिद्वबाबाको दर्शनका लागि आउनु हुने सम्पूर्ण भक्तजनहरुका लागी हामीले विद्यालयको तर्फबाट चिसो पेय पदार्थ, सर्बत, चिसो पानीको व्यवस्था गरेका छौं ।’

उनले भनिन्, ‘हाम्रो कलेजका विद्यार्थीहरुको सहभागिताले तीर्थालु भक्तजनहरुलाई सेवा गर्ने मौका मिलेको छ ।’

हरेक वर्ष फागु पूर्णिमादेखि पूर्णागिरि मन्दिरमा मेला लाग्ने गदर्छ । भारतको उत्तराखण्डस्थित पूर्णागिरि मन्दिरमा पुगेपछि सिद्धबाबाको पनि दर्शन गरेमात्रै मनोकामना पूरा हुने मान्यताअनुसार पूर्णागिरिको दर्शन गरेका श्रद्धालु सिद्धबाबाको दर्शन गर्न पुग्ने गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार