वडा सदस्यको रुखबाट लडेर मृत्यु

प्रकाशित:

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष पाण्डेले बताए। वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार