सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर

प्रकाशित:

धनगढी । सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको छ। आर्थिक वर्ष २०७९र८० मा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका नोटकोषहरु ९आठवटा वाणिज्य बैंकमा रहेको तथा १ वटा नेपाल बैंकमा रहेको० मा नेपाल राष्ट्र बैंक धनगढीबाट १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको हो। अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा यस प्रदेशमा रहेका नोट कोषहरुमा ९ अर्ब ७२ करोड २८ लाख ५० हजार फण्ड ट्रान्सफर भएको थियो।

नेपाल राष्ट्र बैंक धनगढीका अनुसार प्रदेशका नौ जिल्लामा रहेका नोटकोषहरुमा फण्ड ट्रान्सफर भएको छ। पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर नयाँ (सफा) नोटहरु ८ वटा वाणिज्य बैंक तथा एकवटा नेपाल बैंकमा फण्ड ट्रान्सफर हुँदै आएको छ। नयाँ नोटहरु लैजाने र पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर जम्मा गर्ने काम हुँदै आएको नेपाल राष्ट्र बैंक धनगढीकी सूचना अधिकारी अस्मिता गोरखालीले बताइन्।

जहाँ राष्ट्र बैंकको उपस्थिती हुँदैन त्यहाँ नोटकोषहरुको सुविधा दिने गरिएको उनले बताइन्। उताबाट पैसा ल्याउने र लैजाने भनेको फण्ड ट्रान्सफर हो। सफा नोट लैजाने र पुराना नोट राष्ट्र बैंकमा जम्मा गर्ने काम राष्ट्र बैंक र नोटकोषबिच भइरहेको हुन्छ। राष्ट्र बैंकले नयाँ अर्थात सफा नोट दिन्छ भने नोटकोषहरुबाट पुराना अर्थात लामो समय प्रयोग भइसकेका नोटहरु जम्मा हुन्छ। ती पुराना नोटहरु पनि राष्ट्र बैंकले नोटकोषहरुबाटै प्राप्त गर्छ।

नोटकोषबाट प्राप्त रकमका आधारमा राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने गरेको छ। विशेष गरी दशैतिहारको समयमा नयाँ नोटको माग सबैभन्दा बढी हुने गरेको छ। यही मौकामा राष्ट्र बैंकले पुराना नोट लिएर नयाँ नोट उपलब्ध गराउने काम समेत गर्दै आएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार