महेनद्रनगर ।नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले संगठन विस्तारमा तिव्रता दिन थालेको छ । नेवि संघ कञ्चनपुरले संगठन कञ्चन बहुमुखी क्याम्पस गुलरियामा नेबि संघले इकाइ कार्य समिति बिस्तार गरेकोका हो ।क्याम्पसमा २१ सदस्यीय समिति विस्तार गरेको सभापति मनिसा बोगटीले जानकारी दिनु भयो । सभापति बोगटीका अनुसार संगठन लाई चलायमान र गतिसिल बनाएर अगाडी बढाउन आफूले संगठनको नेतृत्व लिएको बताउनु भयो ।

आफुले सबै बिद्यार्थीहरु लाई मिलाएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरिन । केही ब्यक्ती नेबि संघको विरुद्ध लागेको सभापति मनिसाले आरोप लगाइन । आफू सहमति,सहकार्य गरेर अगाडी बढ्न तयार रहेको र अराजक गतिविधि गरे नेबि संघ लाई आच आउने काम कुनै संघको ब्यक्ती बाटभए आफुले कार्बाही गरेर निस्कासन गर्ने भन्दै संगठन लाई चुस्तदुरुस्त र चलाएमान बनाउन सबै पदाधिकारी र सदस्य लाई निर्देशन दिनु भएको छ । उपसभापतिमा भावना साकी,तेज खाती ।

सचिबमा कबिता महरा र खेम भट्ट। सहसचिबमा मिना सिह र निता पाल । कोसाधक्क्षमा निर्मला जोशी चयन भयका छन अन्य सदस्यहरु गरेर २१ जनाको समिति बिस्तार गरिएको नेबि संघ जिल्ला उपसभापति मुकेश पाठकले जानकारी गराए ।नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका सभापति नरेश पण्डित लगायतका नेताहरुको उपस्थितीमा कञ्चन बहुमुखी क्याम्पसबाट संगठन बिस्तार कार्य शुरु गरिएको हो ।



