भीमदत्त नगरपालिका-११ ले विद्यार्थीहरूका लागि  ३ महिने निशुल्क बेसिक कम्प्युटर कोर्स सञ्चालन गर्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ ले विद्यार्थीहरूलाई निशुल्क कम्प्युटर सम्बन्धी ३ महिने बेसिक कोर्स सञ्चालन गर्ने भएको छ् ।

उक्त वडा कार्यालय भित्रका ३० जना विद्यार्थीहरूका लागि ३ महिने बेसिक कम्प्युटर कोर्स सञ्चालन हुन लागेको वडा कार्यालयले जानकारी दिएको छ् ।

त्यसैगरी उक्त वडा कार्यालयका वडाध्यक्ष प्रकाश थापाले अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन निकै आवश्यक भएकाले विद्यार्थीहरूलाई आधुनिक प्रविधी सँग जोड्न वडा कार्यालयले सानो प्रयास गर्ने भएको बताए ।

उनले भने,’अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक छ् । तसर्थ विद्यार्थीहरूलाई आधुनिक प्रविधि सँग जोड्न हामीले एउटा सानो प्रयास सुरु गरेका छौं भने, उक्त वडामा अन्य तालिमहरू तथा सेवाका कार्यहरूमा उक्त वडा कार्यालयले सधैं निरन्तरता दिने वडाध्यक्ष थापाले बताएका छन् ।’

ताजा समाचार

सम्बन्धित समाचार