Saturday, July 27, 2024

सशस्त्र प्रहरीको भौतिक निमार्ण कार्यमा उपमेयर जोशीको कार्यक्रमबाट सहयोग

प्रकाशित:

दोधारा । कञ्चनभोजको शान्ती सुरक्षा कायम राख्न दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीको योजना अनुसार सशस्त्र प्रहरीलाई भान्सा निमार्ण कार्यमा सहयोग गरिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको सशस्त्र प्रहरी बिओपी कञ्चनभोजको भान्सा निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले झण्डै रु. २४ हजार बराबरको निमार्ण सामग्री खरिद गरि हस्तान्तरण गरेका छन् ।

सशस्त्र प्रहरीको भान्सा निमार्णको लागी आवश्यक सामग्री सिमेन्ट खम्वा, सिमेन्ट, जस्तापाता लगाएत निमार्ण कार्यमा लाग्ने सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका उपमेयरको सचिवालयले जनाएको छ ।

बिगत लामो समय देखि सशस्त्र प्रहरीलाई भान्सा कोठाको समस्या सताउदै आएको थियो । नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको सशस्त्र प्रहरी बिओपी कञ्चनभोजलाई सुरक्षाशक्तीलाई मजबुद गराउने उद्धेश्यले चालु आर्थिक वर्षमा बिनियोजन गरिएको कार्यक्रम अनुसार अनुसार भान्सा निमार्ण कार्यका सहयोग गरिएको उपमेयरको सचिवालयलले जनाएको छ ।

यस अघि पनि दोधारा चाँदनीका उपमेयर जोशीको कार्यक्रमबाट सशस्त्र प्रहरीलाई सहयोग गरिदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार