Saturday, July 27, 2024

खप्तड सहित सुदूरपहाडका हिमाली भू–भागमा हिमपात

प्रकाशित:

महेन्द्रनगर खप्तडसहित सुदूर पहाडका हिमाली भू–भागमा हिमपात सुरु भएको छ। खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ। खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन्। अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरु बाजुरा, बझाङ लगाएतका हिमाली भू–भागमा हिमपात सुरु भएको हो। बाजुरा प्रहरीका अनुसार उच्च हिमाली भू–भागहरूमा वर्षासँग हिमपात हुँदैछ।

जिल्लामा पाँच महिनापछि हिमपात सुरु भएको हो। बुधवार रातिदेखि जिल्लामा वर्षासँग उच्च क्षेत्रमा हिउँ पर्न थालेको बाजुरा प्रहरीले बताएको छ। वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध हुन थालेका छन्। सुदूर पहाडमा हिमपात सुरुभएसँग चिसो बढेको छ।

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या क्षेत्र, स्वामिकात्र्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिकाको कोल्टीको कुरु, पाण्डुसैन, खप्तड छेडेदह गाउँपालिकाको काँडा, रान, आटीचौर, बडीमालिकाको ढम्कने, गौमुल गाउँपालिकाको अम्लीस, पातेगर्जे, तल्दुगन, मल्गुदनमा हिमपात हुँदैछ। बडीमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिमपात भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार