Saturday, July 27, 2024

सुदूरपश्चिम महिला जागरणको भवन निमार्णमा उपमेयर जोशीको कार्यक्रमबाट सहयोग

प्रकाशित:

दोधारा सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाको भवन निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार सहयोग गरिएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाको भवन निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार रु। ३ लाख बराबरको सहयोग गरिएको सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाका कोषाध्यक्ष धनसरा चन्दले जनाएका छन् ।

सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ् । संस्थाको भवन निमार्ण कार्य अघि बढाउन दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार रकम बिनियोजन गरि निमार्ण कार्य अघि बढाईएको हो ।

संस्थाको भवनको ढलान तथा पर्स प्लाष्टर कार्य सम्पन्न भएको छ् । संस्थाको भवन नहुदा समस्यामा पर्दै आएकोले भवन निमार्ण कार्यको योजना अघि सारिएको संस्थाका कोषाध्यक्ष धनससरा चन्दले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरि निमार्ण कार्यको लागी रु। ३ लाखको भवन निमार्ण कार्य गरिएको संस्थाका कोषाध्यक्ष धनसरा चन्दले बताएका छन् ।

संस्थालाई दिगोरुपमा संचालनको लागी नगरपालिका कार्यालयले गर्दै आएको सहयोग सहनिय रहेको संस्थाका कोषाध्यक्ष चन्दले बताएका छन् । बिनियोजन बजेट अनुसार निमार्ण कार्य सम्पन्न भए संग आज दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, ईन्जिनियर दिपेन्द्र भट्ट लगाएतले निमार्ण कार्यको अनुगमन गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार