Saturday, July 27, 2024

रानी जमरा सिँचाई आयोजनाबाट विद्युत उत्पादन शुरु

प्रकाशित:

टीकापुर राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको छ । २०८० साल माघ १६ गते रातिबाट उत्पादन शुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत् प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्बाइनको सहायताले ४ दशमलव ७१ मेगावाट विद्युत् निरन्तर उत्पादन हुनेछ । २०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पु¥याएपछि पुनर्निर्माणमा ढिलाई भएको हो ।

दुई अर्बको लागतमा विद्युत् आयोजना बनेको छ । एक अर्ब पाँच करोड रुपियाँ विद्युत् गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ । रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६्६७ सालमा सुरु भएको थियो । यसबाट शाखा नहर र नदीहरूमा तटबन्धको निर्माण कार्य जारी रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार