Saturday, July 27, 2024

सत्यवादी माध्यमिक विद्यालय परिवारले मनायो ४१ औ वार्षिकत्सव

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बनगाउँमा रहेको श्री सत्यवादी माध्यमिक विद्यालय बनगाउँले ४१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । मंगलबार विभिन्न कार्यक्रम गर्दैै भीमदत्त ५ मा रहेको सत्यवादी माध्यमिक विद्यालयले ४१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका वडा नम्बर ५ मा रहेको एकमात्र सामुदायीक शैक्षिक संस्थाको रुपमा स्थापित सत्यवादी विद्यालयलाई भौतिक,आर्थीक,तथा शैक्षिक संरचनामा आमुल सुधार गर्दै राष्ट्रको आवश्यकता परिपुर्ति गर्ने सक्ने विश्व बजारले मागेको दक्ष जनशक्ति उत्पादनको आधारमा तय गर्नु पर्ने आवश्यबता र जिम्मेवारी मानिसको सामु देखिएको भन्दै यसको निम्ती सबैले संकल्प गरेर मानब मुल्यका आधारीत सच्चरित्रवान नागरिक शिक्षा प्राप्त गर्ने थलोको रुपमा सत्यवादी विद्यालयलाई विकसित गर्न अग्रसर हुनपर्ने सत्ययवादी माध्यमिक विद्यालय वनगाउँका प्राधानाध्यापक सुरेन्द्र शिह साउदले बताएका छन् ।

४१ औ वार्षिकात्सव कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साउदले सामुदायीक विद्यालय सुधारको अपेक्षा अभिभावक शिक्षा भन्ने मुल ध्येका साथ अभिभावकलाई समेत विद्यार्थीहरुको सिकाईमा सक्रिय सहभागी गराउने गरी कार्य गर्नुपरेको र यसको निम्ती भेला,अन्तरक्रिया,घरदैलोसम्मका कार्यक्रा हुदै आएको बताए।सत्यवादी विद्यालको आर्थिक वर्ष २०७९÷०८०को आम्दानी खर्च १ करोड २० लाख ७१ हजार ५ सय ६० रहेको वार्षिक आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।गत आर्थिक वर्ष मा अधुरो रहेको भवन निर्माणका लागि सुदुरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री तथा हाल प्रदेश सभा सदस्य माननी प्रकाश रावलले अधुरो रहेको भवन निर्माण तथा अधुरो पर्खाल निमार्णको लागि रु २ लाख सहयोग गरिएको उल्लेख छ ।

त्यस्तै गत बर्ष विद्यालयलाई भीमदत्त नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष पदम अवस्थीले नगद १५ हजार सहयोग गरेका थिए भने यो वर्ष गरीब तथा जेहेन्दार विद्यार्थीहरुका निम्ती ४० थान विद्यालय पोशाकका जुत्ता उपलब्ध गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रमेश दयालले बताए ।अष्टे«लियामा रहेका नेपाली छिमेकी घर सामुदायीकका अध्यक्ष कृष्ण शिह महराले गरीब तथा जेहेन्दार विद्यार्थीको लागि ७६ थान स्वीटर सहयोग गरिएको छ ।

साथै यस वर्ष विद्यालय व्यावस्थापन समितिबाट संघ प्रदेश र स्थानीय सरकार तथा दातृ संस्थाहरुबाट सहयोग र सहकार्य प्राप्तीकालागि विद्यालयको स्तरउन्तीको लागि माननीय रमेश लेखक,माननीय प्रकाश रावल,माननीय मधु भारती,नगरप्रमुख पदम बोगटि,अध्यक्ष पदम अवस्थीलाई समेत विषेश अनुरोध गर्ने विद्यालय व्यावस्थापन समितिको भनाई रहेको छ । हाल यो विद्यालयमा राहत दरबन्दीमा अग्रेजी गणित र विज्ञान ,समाजीक शिक्षकको अभाव रहेको पतिवेदनमा उल्लेख गरिएको छ । भीमदत्त नगरपालिका ५ मा अवस्थी सत्यवादी माध्यमिक विद्यालयमा विषेत गरी विपन्न,दलित,गरीब असाहय घरपरिवारका छात्र,छात्रा अध्यनरत रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार