Saturday, July 27, 2024

दोधारा चाँदनी– ७ मा सडक बत्ती जडान

प्रकाशित:

महेन्द्रनगर दोधारा चाँदनी नगरपालिकाको सडकहरुमा सडक बत्ती जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का बिभिन्न सडकहरुमा सडक बत्ती जडान गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जनाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाको बाबाथान बजार, चक्की बजार, कञ्चनभोज आसपास क्षेत्रका सडकहरुमा सेन्सर बत्ती जडान गरिएको उनले बताएका छन् । सडक बत्ती जडान भएपछि स्थानीयहरु हर्षित भएका छन् । बजारको सडकमा बत्ती नहुदा रातको समयमा हिड्न समेत समस्या हुने स्थानीयहरु अहिले उज्यालोमा हिड्न पाएका छन् । वडाध्यक्ष बहेक क्षेत्रीले वडामा ४० थान सेन्सर बत्ती जडान गरिएको बताएका छन् ।

अहिले रातको समयमा झलमल्ल बत्ती बलेपछि हर्षित स्थानीयहरुले यस्तो कार्य दिगो हुनु पर्ने धारणा राखेका छन् । रातको समयमा गाडीको बत्तीको भरमा हिड्नु पर्ने स्थानीयलाई अहिले सडक बत्तीनै भएपछि आवातजावत गर्न सहज भएको छ् ।सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थनीयको विश्वास छ् ।

ताजा समाचार

सम्बन्धित समाचार