महेन्द्रनगर । महाकाली नदीमा निर्माणधिन पक्की पुलको फलाम महेन्द्रनगरको खुल्ला मञ्चमा सञ्चालन भइरहेको तेस्रो मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय प्रतियोगिताको प्याराफिट बनाउनका लागि प्रयोग भएको पाइएको छ ।
नेपालको पश्चिमी क्षेत्र दोधारा–चाँदनीलाई कञ्चनपुर संग जोड्न महाकाली नदीमा तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारको लगानीमा चारलेनको पक्की पुल निर्माणको अन्तिम चरणमा छ ।
उक्त पुलको फलाम एवं सटरिङ्गको समान उक्त राष्ट्रिय भलिवल प्रतियोगिताको प्याराफिट बनाउनकालागि प्रयोग भएको निर्माण कम्पनी कुमार निर्माण सेवाका इन्जिनियर किशोर पाण्डेयले बताए ।
सुदूरपश्चिम खेलकुद परिषद्को ८० लाख भन्दा बढी लगानीमा आयोजना भइरहेको तेस्रो मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय प्रतियोगिताको प्याराफिट बनाउन भने महाकाली पुलको फलाम प्रयोग भएको छ । यद्यपी आयोजकले मञ्च व्यवस्थापनमा पाँच लाख बढी खर्च हुने भनेर जनाएको थियो ।
स्थानीय श्रमिकलाई समेत काम नदिएको आयोजकले खुल्ला मञ्चको सरसफाई एवं पुर्ण व्यवस्थापनमा नेपाली सेनाको सहयोग मागेको बताउदै आएको छ ।