‘फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको छ’

प्रकाशित:

महेन्द्रनगर । कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउँदले बताउनुभएको छ ।

महेन्द्रनगरको खुला मञ्चमा आज देखि सुरु भएको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउँदले यस्तो बताएका हुन् ।

खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै मन्त्री साउदले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताउनुभयो ।
“फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ ।

त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ ।”

नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाउको उहाँले बताउनुभयो । यसले नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउने उहाँको भनाइ छ ।

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

परराष्ट्रमन्त्री साउदले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । उक्त प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ ।

ताजा समाचार

सम्बन्धित समाचार