Saturday, July 27, 2024

सरकारी ८० लाखको बजेटमा राष्ट्रिय भलिवल प्रतियोगिता, प्रवेश शुल्क राखिएपछि सर्वत्र विरोध

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चमा आइतबार देखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिता सुरु हुँदै छ । सुदूरपश्चिम खेलकुद परिषद्को ८० लाख लागत खर्चमा सुरु हुन गइरहेको प्रतियोगिता हेर्नका लागि दर्शक (विद्यार्थी र साधारण) २० र ५० रुपैँया प्रवेश शुल्क राखिएपछि सर्वत्र विरोध हुन थालेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रदेश सरकार अन्तर्गतको सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

सातै प्रदेशका सात सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टिम बिचको प्रतिस्पर्धा हँने खेल हेर्न दर्शकले २० र ५० रुपैँया तिर्नु पर्ने छ । सरकारको ८० लाख भन्दा बढी रुपैँया खर्चेर हुनलागेको उक्त खेल प्रतियोगितामा प्रवेश शुल्क राख्नु स्वभाविक नरहेको महेन्द्रनगरका स्थानीयहरुको तर्क छ ।

सरकारको लाखौं रुपैँयामा प्रतियोगिता गरेर त्यसमाथि झनै प्रवेश शुल्क निर्धारण गर्नु अस्वभाविक देखिन्छ । प्रवेश शुल्क फिर्ताका लागि चर्को बिरोध हुँदै आएको छ । आयोजकले शनिवार गरेको पत्रकार सम्मेलनमा समेत पत्रकारहरुले उक्त विषयमा प्रश्न गरेपछि आयोजक एवं व्यवस्थापक पक्ष आत्तालिएको थियो ।

सरकारी बजेटमा ‘लक्जरीयस’ सेवा सुविधा सहित आयोजना गरिएको राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता हेर्नका लागि पैसा तिर्नुपर्ने कुरालाई लिएर विभिन्न चिया चौतारा देखि सामाजिक सञ्जाल सम्म विरोधका आवाजहरु गुञ्जयमान हुन थालेका छन् ।
सरकारको बटेजमा सशस्त्र, सेना र पुलिसका टिमलाई नै तोकेर प्रतिस्पर्धा गराइरहदा दर्शकबाट भने पैसा अशुल्ने कार्य राम्रो नभएको महेन्द्रनगरका स्थानीय व्यापारी धिरज बमले बताए । ‘१० टिम त खेल्ने रहेछन्, त्यसमा पनि सशस्त्र, सेना र पुलिसका टिम मात्रै रहेछन्, सरकारको ८० लाख पैसामा खेल खेल्ने, फेरी हामीबाटै पैसा असुल्ने कार्य राम्रो होइन् ।’ उनले भने ।

उक्त प्रवेश शुल्क हटाउनु पर्ने माग राख्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले प्रतियोगिता हुँने स्थल महेन्द्रनगरको खुल्ला मञ्चको मूलगेटमै कालो ब्यानर राखेको छ ।

नेपाल सरकारको लगानी भएको भलिवल खेलमा आयोजकले टिकट लिने सिस्टम राम्रो नभएको स्थानीय हेमराज जोशीले बताए ।

त्यस्तै राज्य नै खेलकुदको विकासमा उदासीन छ भने जनतस्तबाट मात्र कति सम्भव होला र ? प्रदेशको बजेटमा आयोजना हुन लागेको भलिबल प्रतियोगितामा बजेट अभावले टिकट लिएर भलिबल प्रतियोगिता गर्नु कति उपयुक्त हुन्छ ? भन्दै स्थानीय धरणी भट्टले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन् ।

महेन्द्रनगरको खुला मञ्चमा हुन गईरहेको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभए सम्म
बहिष्कार गरौ । कति लुट्न सकेका भन्दै इन्जिनियर महेश राज भट्टले सामाजिक संजाल फेसबुकमा लेखेका छ्न ।

कंचनपुरका पत्रकार अम्बा तिवारी भन्नुहुन्छ-“कार्टुन बनाउन पनि हद हुन्छ।
सरकारको ८० लाख लगानीमा भलीबल महोत्सव हुने अनि व्यवस्थापनमा बेरोजगार श्रमिकले रोजगारी पाएन सबै कार्य सेनाबाट अनि आर्थिक  क्राइसिसमा परेका श्रमिक ट्वाल्ल जय हो ।”

सुदूरपश्चिम प्रदेश सरकार आयोजक रहेको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता महेन्द्रनगरको खुलामञ्चमा उद्घाटन हुन गइरहेकोमा शुभकामना व्यक्त गर्दै व्यक्त गर्दै शिक्षक धर्मानन्द भट्टले खेल हेर्न दर्शकले टिकट काटेर हेर्नु पर्ने अवस्था आएमा त्यो भन्दा निकृष्ट केहि नहुने बताएका छ्न ।

शिक्षक भट्टले भने, ‘प्रदेश सरकारले आयोजना गरेको नेपालको राष्ट्रिय खेलको राष्ट्रिय टिमहरू बिच हुने प्रतिस्पर्धा हेर्न (खेल हेर्न) दर्शकले टिकट तिरेर भित्र जानुपर्ने अवस्था आयो भने त्यो भन्दा निकृष्ट काम केइ होइन।’ शिक्षक भट्टले अझै थपे, ‘आयोजकले व्यवस्थापन खर्च छुट्याइएको हुन्छ छुट्याउनु पर्छ। खेल हेर्ने दर्शकबाट लगानी असुल्न निजि आयोजकहरूका लागि केही हदसम्म ठिक हो। सरकारी आयोजनामा यस्तो भयो गरियो भने क्षम्य हुनेछैन। यदि टिकट तिर्नुपर्ने भयो भने टिकट कारोबार गर्ने गिरोहको राम धुलाई गर्नु पर्छ। सरकार बनेर जनता लुट्न पाइदैन।’

थप…

 

ताजा समाचार

सम्बन्धित समाचार