Saturday, July 27, 2024

समुदायमा कांग्रेस अभियानः सुदुरपश्चिमका नौं जिल्लामा को-को केन्द्रीय प्रतिनिधि आउँदै ?

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिमका भने ९ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । कञ्चनपुरमा सुशिला मिश्र भट्ट, कैलालीमा योगेन्द्र चौधरी, डडेल्धुरामा रणबहादुर रावल, डोटीमा गेहेद्र गिरी, बाजुरामा नृपबहादुर वड, बझाङमा रामजनम चौधरी, अछाममा अज्ञराज जोशी, दार्चुलामा विद्यादेवि तिमल्सिना र बैतडीमा अर्जुनजंगबहादुर सिंहलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।

उनीहरु सबै केन्द्रीय सदस्य हुन् । केन्द्रीय पदाधिकारीलाई भने प्रतिनिधि नखटाइएको नेपाली कांग्रेसले जनाएको छ ।

जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ ।

त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् । २६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरुले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार