Saturday, July 27, 2024

कृष्णपुरमा क्षमता र कार्यसम्पादनका आधारमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको होः नगर प्रवक्ता बस्नेत

प्रकाशित:

जय बहादुर ऐर ।
झलारी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले हाकिमको जिम्मेवारी लगायतका विषयहरु लिएर सामाजिक सञ्जाल एवं विभिन्न समाचार माध्यमहरुमा आएका प्रसंगमा पत्रकार सम्मेलन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कृष्णपुर नगरपालिका वडा नं. २ का अध्यक्ष एवं कार्यपालिका सदस्य अजुर्न साउँदले सामाजिक सञ्जालमा भ्रामक र कर्मचारीको मान–मदर्न हुने कुरा लेखेको भन्दै नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरेको हो ।

कृष्णपुरमा प्रमुख प्रशासकिय अधिकृत शिव सिंह भण्डारी अन्यत्र सरुवा भएपछि नगरपालिका हाकिम बिहिन भएको हो । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत ल्याउनका लागि नगर प्रमुख हेमराज ओझाले संघीय मामिला मन्त्रालयमा पहल गरेपनि कर्मचारी स्थानीय तहमा आउनै नमान्ने समस्या रहेको बताए ।

प्रशासनको उपसचिवका पठाइदिनका लागि नगरपालिकाले संघीय मामिला मन्त्रालयलाई पत्राचार समेत गरेको र उपलब्ध नभएका कारण जनाउदै नगरपालिकामै कार्यरत कर्मचारीबाट वरियताका अधारमा दुई महिनाका लागि निमित्त बनाउन हुन भन्दै मन्त्रालयले प्रति जवाफ पत्राचार गरेपछि पशु शाखा अधिकृत मान बहादुर केसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको कृष्णपुर नगरपालिकाका प्रवक्ता मोहन बस्नेतले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका केसी ‘सिनियरमष्ट’ (सातौं तह) कर्मचारी हुन् । कृष्णपुरमा उनी सहित दुई जना सातौं तहका कर्मचारी छन् । अर्का सातौं तह कर्मचारी हुन्, लेखा अधिकृत खेमराज ओझा हुन् ।

लेखा अधिकृत ओझालाई आर्थिक क्षेत्रको अधिकार भए संगै प्रशासकीय अधिकार समेत दिदा दोहोरो भार पर्ने भएको हुँदा केसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको नगर प्रवक्ता मोहन बस्नेतले पत्रकार सम्मेलन मार्फत बताए ।

पशु सेवा अधिकृत केसीलाई निमित्तको जिम्मेवारी दिइएपछि कृष्णपुर–२ का अध्यक्ष साउँदले सामाजिक सञ्जालमा ‘भैँसी डाक्टर’लाई हाकिम बनाएको भन्दै विरोध जनाएका थिए ।

वडाध्यक्ष साउँदले सामाजिक सञ्जाल मार्फत सेवा विशेषज्ञ डाक्टरको मान मदर्न गरेको प्रति नगरपालिकाले भत्सर्ना गरेको छ ।

कुनै पनि पेशा व्यवसाय, विशेषज्ञता एवं विज्ञतालाई मान मदर्न गर्ने अधिकार कसैलाई नरहेको कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डेयले बताए ।

क्षमता, कार्य दक्षता र कार्यसम्पादनको आधारमा पशु सेवा अधिकृत केसीलाई निमित्तको जिम्मेवारी दिइएको वडाध्यक्ष पाण्डेयले बताए । ‘कसैको दयामाया र आफ्नो पराई भनेर निमित्त प्रमुख बनाएका हैनौं ।’ अध्यक्ष पाण्डेयले भने, ‘क्षमता र कार्यसम्पादनका आधारमा केसी सरलाई निमित्त प्रमुख बनाइएको हो ।’

कृष्णपुरमा दशैं तिहार पछि भुक्तानी रोकिदा ठेकेदार लगायत प्रभावित भएका थिए । हाकिम नभएर गरेको कामको भुक्तानी रोकिदा स्थानीय एवं ठेकदारहरु आन्दोलित समेत भएका थिए ।

उक्त अड्चन फुकाउनका लागि नगरपालिकामा उपलब्ध कर्मचारीहरु मध्येबाट ‘सिनियरमष्ट’ लाई दुई महिनाको लागि निमित्त प्रमुखको जिम्मेवारी दिएर कामकाज गर्न थालिएको छ ।

सामाजिक सञ्जाल मार्फत विरोध जनाउने वडाध्यक्ष साउँद विभिन्न कामहरुमा आफै निर्णय गर्ने र आफै विरोध जनाउने गर्दै आएको समेत पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

कार्यपालिकामा आफै निर्णय गर्ने र पछि बाहिर गएर आफै सामाजिक सञ्जाल फेसबुक लगायत मिडिया मार्फत बिरोध जनाउने कार्य गर्दै आएको जनाइएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार